इटहरी : इटहरीमा मंगलबार आयोजना गरिएको रक्तदान कार्यक्रममा ७९ पिन्ट रगत संकलन भएको छ ।
इटहरी डेलिभरी सर्भिसले आफ्नो दोस्रो वार्षिकोत्सव मनाउँदै आयोजना गरेको रक्तदान कार्यक्रममा ७९ पिन्ट रगत संकलन गरेको हो ।
स्व.आशिष घिमिरेको सम्झनामा रक्तदान कार्यक्रम गरिएको हो ।
इटहरीको विभिन्न संघ संस्थाहरूको सामूहिक सहकार्यमा आयोजना गरिएको रक्तदानमा इटहरी ६ का कार्यवाहाक वडाध्यक्ष दिनेश प्रधानले हालको समयमा भइरहेको रक्त संकलन समस्यालाई मध्यनजर गर्दे उक्त रक्तदान कार्यक्रम आयोजना हुनु सकारात्मक भएको बताए ।














Discussion about this post