धरान : नेपाल तरुण दल धरान नगर कार्यसमितिले वडा नं. १७ स्थित रेल्वे चौकमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।
शुक्रबार अन्र्तराष्ट्रिय युवा दिवसको अबसरमा तरुण दल नगर कार्यसमितिले रक्तदानको कार्यक्रम आयोजना गरेको हो । उक्त कार्यक्रममा दुई सय ५ पिन्ट जनाले रक्तदान गरेको तरुण दल धरानका सभापति नरसिंह राईले जानकारी दिए ।
सभापति राईले प्रदेश १ का ब्लड बैंकहरूमा रगतको चरम अभाव भइरहेका बेला तरुण दलले विरामीको उपचारमा सहजताका लागि अन्र्तराष्ट्रिय युवा दिवसको अबसरमा बृहत रक्तदान आयोजना गरिएको बताए ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नेपाली कांग्रेस प्रदेश एकका महामन्त्री उमेश थापाले प्रदेश १ का ब्लड बैंकहरूमा रगतको चरम अभाव भइरहेको बेला तरुण दल धरान नगर कार्यसमितिले बृहत रक्तदानको आयोजना गरी ठूलो सहयोग पुर्याएको बताए ।
कार्यक्रममा प्रदेशसभा सदस्य चन्द्रप्रसाद श्रेष्ठ, महासमिति सदस्य एवं निवर्तमान नगर प्रमुख तिलक राई, कांग्रेस जिल्ला सचिव माधव घिसिङ, कांग्रेस सुनसरी क्षेत्र नं. १ का सभापति सुजेन्द्र तामाङ, क्षेत्र नं. १ (क) र (ख) का सभापतिद्धय अनिल श्रेष्ठ र मुरारी भट्टराई, कांग्रेस धरान नगर सभापति श्याम पोख्रेल, महासमिति सदस्य ममता योञ्जन लगायतका नेताहरूले सम्बोधन गरेका थिए ।














Discussion about this post