मोरङ : विराटनगरबाट प्रहरीले मङ्गलबार साँझ लेनदेन मुद्दामा फरार रहेका एक जना व्यक्तिलाई पक्राउ गरेको छ ।
प्रकाउ पर्नेमा विराटनगर महानगरपालिका–१७ का ४३ वर्षीय प्रदीप साह रहेका छन् । लुकिछिपी बसेको अवस्थामा साहलाई विराटनगर–१३ रोडशेष चोकनजिकबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
लेनदेन मुद्दामा जिल्ला अदालत मोरङले २०७८ चैत २७ गते उनलाई एक वर्ष कैद सजायको फैसला गरेको थियो । अदालतले दोषी ठहर गरेपछि साह फरार बनेका थिए ।
उनलाई प्रहरीले अदालतमा बुझाउने भएको छ । प्रहरीले पक्राउ गरेर बुझाएपछि अदालतले कैद सजाय भुक्तानका लागि कारागार चलान गर्ने गरेको प्रहरीले जनाएको छ ।














Discussion about this post