मोरङ :मोरङको कदमाहमा करेन्ट लागेर शुक्रबार साँझ एक महिलाको मृत्यु भएको छ ।
सीटी सफारी चार्ज गर्ने क्रममा अचानाक करेन्ट लागेर धनपालथान गाउँपालिका–७ कदमाहकी ३८ वर्षीया कान्तिदेवी मण्डलको मृत्यु भएको हो ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार साँझ तिर करेन्ट लागेर मण्डल गम्भीर घाइते भएकी थिइन् ।
उपचारका लागि विराटनगरको कोसी अस्पताल ल्याइपुर्याउन साथ चिकित्सकले साझतिर मृत घोषित गरेको श्रेष्ठले बताएका छन् । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post