इटहरी : इटहरीमा नियन्त्रित औषधीसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय इटहरीका सूचना अधिकृत, प्रहरी निरीक्षक बिष्णुबहादुर खड्काका अनुसार आइतबार साँझको समयमा इटहरी उपमहानगरपालिका २० तरहरास्थित पानीपिया नजिकैबाट नियन्त्रित औषधीसहित दुईजनालाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा धरान १६ का बिष्णु सुब्बा र भारतको घोषपारा रानीगञ्ज पटनउर उत्तर दिनाजपुर कारानडिघी (वेष्ट बङ्गाल) घर भइ हाल इटहरी १६ मा बस्दै आएका अर्जुन भनिने नारायण साह रहेका छन् ।
साहले बोकेको झोलाभित्र लुकाईछिपाई राखिएको अवस्थामा ट्रमाडोल क्याप्सुल २६० थान र डिसिक्लोमाइन ट्याब्लेट २७० थान बरामद गरिएको प्रहरी निरीक्षक खड्काले जानकारी दिए ।
बिना इजाजतको औषधीसहित पक्राउ परेकाहरूमाथि अनुसन्धान गर्ने क्रममा उनीहरूले यसअघि पनि बिना इजाजत औषधीको कारोबार गर्ने गरेको खुलेको छ ।
पक्राउ परेकाहरूमाथि आवश्यक कारबाही तथा अनुसन्धानका लागि औषधी व्यवस्था विभाग विराटनगरमा पठाइएको इटहरी प्रहरीले जनाएको छ ।














Discussion about this post