झापा : लगाई राखेको चाँदीको सिक्री थुतेर भाग्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा झापाको गौरादह नगरपालिका ४ चप्रामारीका टेके भनिने १६ वर्षीय विक्रम मगर र ५ का विशाल ठटाल रहेका छन् ।
शुक्रबार बिहान गौरादह ५ का १६ वर्षीय विशाल हेमरम र मदन हेमरमको चाँदीको सिक्री लुटेर उनीहरू भागेका थिए ।
बाटोमा हिँडिरहेका विद्यार्थीको सिक्री लुटिएको सूचना पाएपछि गौरादह प्रहरीले लुटेराको खोजी सुरु गरेको थियो ।
पक्राउ परेका दुवै जनाले सिक्री गौरादह ५ का मीनबहादुर शंकरको सुनचाँदी पसलमा सिक्री गरेको बयान दिएको छन् ।
लुटिएका सिक्री ५ तोला बराबरको भएको जनाइएको छ । पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।















Discussion about this post