Saturday, August 15, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

इटहरी कांग्रेसको पार्टी कार्यालयमा तालाबन्दी (भिडियोसहित)

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
भदौ १४, २०७९
in टाकुरा विशेष, समाचार
0
इटहरी कांग्रेसको पार्टी कार्यालयमा तालाबन्दी (भिडियोसहित)

तालाबन्दी गर्नुअघि कांग्रेस इटहरी उपसभापति बालकृष्ण विष्ट, नगर सचिव मन्दीप भट्टराई लगायत ।

1.2k
SHARES
Share on FacebookShare on Twitter

इटहरी : नेपाली कांग्रेस इटहरी उपमहानगरपालिकाको पार्टी कार्यालयमा तालाबन्दी गरिएको छ ।

मंगलबार बिहान कांग्रेस इटहरीका उपसभापति बालकृष्ण विष्टको नेतृत्वमा भेला भएका कार्यकर्ताले पार्टी कार्यालयमा तालबन्दी गरेका हुन् ।

विष्टका अनुसार इटहरी कांग्रेसका सभापति हेमकर्ण पौडेलले उपसभापति कोवितजंग कार्कीलाई कार्यवाहकको जिम्मेवारी दिएको र कार्यवहाकले विधान विपरीत मनोनयन गरेको तथा बैठक एवम् चुनावी समीक्षा नभएको भन्दै पार्टी कार्यालयमा तालाबन्दी गरिएको हो ।

‘पार्टीको १४ औँ महाधिवेशनमा हामी निर्वाचित भएको र स्थानीय तहको निर्वाचन सकिएपनि अहिलेसम्म एउटा समीक्षा बैठकसम्म भएको छैन,’ उनले भने, ‘स्थानीय तहको निर्वाचन भएपछि हामीले इटहरी नगरप्रमुख जितेका छौँ, तर ०७४ सालमा जितेका वडाहरू पनि अन्तर्घातका कारण हारेका छौँ, समीक्षा बैठक पनि हुनुपर्छ भनेर पटकपटक पदाधिकारीले बैठक राखौँ भन्दापनि बैठक भएको छैन ।’

पार्टी कार्यालयमा ताला लगाउँदै कांग्रेस इटहरी उपसभापति विष्ट ।

उनले इटहरीका २० वटै वडाका नेता, कार्यकर्ताहरूलाई बोलाएर समीक्षा बैठक राख्नुपर्ने भएपनि स्थानीय निर्वाचन भएको चार महिना बित्न लाग्दा पनि नेतृत्वले वास्ता नगरेको आरोप लगाउँदै असन्तुष्टि जनाए ।

‘पार्टीका आधिकारिक उम्मेदवार विरुद्व खुलेआम उम्मेदवारी दिएर पार्टीलाई हराउन भूमिका खेल्नेहरूले गर्दा आज कार्यकर्ताहरूको मनोबल गिरेको अवस्था छ,’ विष्टले भने, ‘हामीले यस विषयमा तत्कालै नगरसभापतिलाई समीक्षा बैठक बोलाऔँ भनेर पटकपटक आग्रह गर्यौँ, केन्द्र, जिल्लामा समीक्षा बैठक हुँदा नगरले स्पष्टीकरण समेत सोधेको छैन ।’

गत असार २ गते मात्रै नगरका कार्यवाहक सभापति कार्कीले विधान विपरीत कोषाध्यक्ष नियुक्त गरेको समेत उनको आरोप छ ।

‘कोषाध्यक्ष नियुक्त गर्दा नगरको बैठक बस्नुपर्छ, हामीले को पात्र कोषाध्यक्ष बन्यो भन्ने कुरा होइन, विधि र विधान समेटियो, समेटिएन भन्ने कुरा उठाउन खोजेको हो,’ उनले भने ।

हुकुमी शैलिमा नेतृत्व अगाडि बढेकाले सचेत गराउन आफूहरू लागिपरेको उनको भनाई छ । प्रदेश र प्रतिनिधिसभाको मिति नजिकिदैँ गएपनि हार्ने र हराउनेबीच अझै अन्तरद्वन्द्व भएकाले त्यस विषयको समाधान गर्नुपर्ने उनको माग छ ।

पार्टीको नगर बैठक तत्काल बस्नुपर्ने उनको मागसहित आफूहरूले अनिश्तिकालका लागि तालाबन्दी गरेको उनले बताए ।

भिडियो

Tags: #इटहरी#कांग्रेस#नेपाली कांग्रेसटाकुरा विशेषतालाबन्दीबालकृष्ण विष्ट
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

इटहरीमा निर्वाचन बहिष्कार गतिविधिमा संलग्न आरोपमा दुई नेता पक्राउ
समाचार

इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

by टाकुरा न्यूज । इटहरी
साउन २९, २०८३
0

इटहरी : इटहरी उपमहानगरपालिका–१० शिवनारायण टोलबाट प्रहरीले ब्राउनसुगरसहित तीन जनालाई पक्राउ गरेको छ। कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र इलाका...

कोसी प्रदेश सरकारद्वारा पहिचान पक्षलाई वार्ताका लागि औपचारिक आह्वान
FEATURE BREAKING

कोशीमा भागबन्डा टुंगियो, एमालेले पाँच र नेकपाले चार मन्त्रालय पाउने

by टाकुरा न्यूज । इटहरी
साउन २९, २०८३
0

इटहरी : कोशी प्रदेश सरकार विस्तारमा देखिएको मन्त्रालय भागबन्डाको विवाद केन्द्रीय नेतृत्वको हस्तक्षेपपछि टुंगिएको छ। नयाँ सत्तासमीकरणअनुसार एमालेले पाँच र...

इटहरी–धरानसहितका ठाउँमा खाना पकाउने ग्यासको चरम अभाव

मोरङमा म्याद गुज्रिएका सिलिन्डरमा सिल, रिजालको ग्यासलाई २ लाख ९५ हजार जरिबाना

साउन २९, २०८३
‘इटहरीको सेरोफेरो’ पुस्तक तथ्यहीन र भ्रामक भएको दाबी, जानकार भन्छन्- इतिहास तोडमोड गरियो

‘इटहरीको सेरोफेरो’ पुस्तक तथ्यहीन र भ्रामक भएको दाबी, जानकार भन्छन्- इतिहास तोडमोड गरियो

साउन २८, २०८३
झापा : चार महिनामा जेईबाट पाँच जनाको मृत्यु, नौ जनामा संक्रमण पुष्टि

झापा : चार महिनामा जेईबाट पाँच जनाको मृत्यु, नौ जनामा संक्रमण पुष्टि

साउन २८, २०८३
करिब डेढ महिनापछि खुल्दै कोशी प्रदेशसभाको ढोका, भदौ ३ गते नयाँ भवनमा बैठक

करिब डेढ महिनापछि खुल्दै कोशी प्रदेशसभाको ढोका, भदौ ३ गते नयाँ भवनमा बैठक

साउन २८, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

इटहरीमा निर्वाचन बहिष्कार गतिविधिमा संलग्न आरोपमा दुई नेता पक्राउ

इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

साउन २९, २०८३
कोसी प्रदेश सरकारद्वारा पहिचान पक्षलाई वार्ताका लागि औपचारिक आह्वान

कोशीमा भागबन्डा टुंगियो, एमालेले पाँच र नेकपाले चार मन्त्रालय पाउने

साउन २९, २०८३
इटहरी–धरानसहितका ठाउँमा खाना पकाउने ग्यासको चरम अभाव

मोरङमा म्याद गुज्रिएका सिलिन्डरमा सिल, रिजालको ग्यासलाई २ लाख ९५ हजार जरिबाना

साउन २९, २०८३
‘इटहरीको सेरोफेरो’ पुस्तक तथ्यहीन र भ्रामक भएको दाबी, जानकार भन्छन्- इतिहास तोडमोड गरियो

‘इटहरीको सेरोफेरो’ पुस्तक तथ्यहीन र भ्रामक भएको दाबी, जानकार भन्छन्- इतिहास तोडमोड गरियो

साउन २८, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

    1115 shares
    Share 446 Tweet 279
  • तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन

    637 shares
    Share 255 Tweet 159
  • इटहरीमा ट्रकको ठक्करबाट वृद्धाको मृत्यु

    456 shares
    Share 182 Tweet 114
  • इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    445 shares
    Share 178 Tweet 111
  • बुबाको उपचारका लागि रकम बोकेर धरान आएका प्रधानाध्यापक दुर्घटनामै अस्ताए

    310 shares
    Share 124 Tweet 78

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.