सुन्दरहरैँचा : मोरङको सुन्दरहरैंचा नगरपालिकामा विषालु सर्पले टोकेर एकजना पुरुषको मृत्यु भएको छ ।
१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार सर्पले टोकेर सुन्दरहरैँचा ७ गोठगाउँका ६५ वर्षीय रणबहादुर श्रेष्ठको मृत्यु भएको हो ।
घर नजिकै रहेको बाख्राको खोरमा काम गर्ने क्रममा उनलाई सर्पले टोकेको थियो । सर्पले टोकेर गम्भीर बिरामी भएका उनको उपचारको क्रममा बुधबार (आज) मृत्यु भएको हो ।
घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post