इटहरी : सुनसरी र खोटाङका दुई छुट्टाछुट्टै स्थानमा करेन्ट लागेर दुईजनाको मृत्यु भएको छ ।
सुनसरीको दुहबी नगरपालिका ८ का ५० वर्षीय दीपक मगर भनिने चन्द्र थापा मगरको आफ्नै घरको छतमा छत सफा गर्ने क्रममा अचानक करेन्ट लागेर मृत्यु भएको हो ।
करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारको क्रममा विराट टिचिङ अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ ।
यसैगरी खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १० का ३५ वर्षीय प्रकाश राईको करेन्ट लागेर मृत्यु भएको छ ।
म्याखम खोला हाईड्रोपावरको पोलमा जम्पर जोड्ने क्रममा अचानक करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारको क्रममा फेम्ली केयर अस्पताल दिक्तेलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।
दुवै घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।












Discussion about this post