इटहरी : इटहरीको मुख्य चौकमा सार्वजनिक शौचालय निर्माण हुने भएको छ ।
आइतबार (आज) इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले इटहरी चौकको रेयुकाई चौतारीमा सार्वजनिक शौचालयको शिलान्यास गरेका हुन् ।
बालमैत्री र अपाङ्गमैत्री शौचालय निर्माण गर्न लागिएको उनले बताए ।
इटहरी बजार आउने आगन्तुक, यात्रु, तथा सेवाग्राहीलाई समस्या भएको भन्दै शौचालय निर्माण गर्न लागिएको पौडेलले बताए ।
यसअघि शौचालय नहुँदा आगन्तुक तथा यात्रुहरूलाई शौच गर्न समस्या हुँदै आएको थियो । कतिपय राजनीतिक दलहरूले चुनावको समयमा राजनीतिक मुद्दा समेत बनाउँदै आएका थिए ।
तर, अबको डेढ महिनाभित्रै ३५ लाखको लागतमा उक्त शौचालयको काम सम्पन्न हुने बताइएको छ ।













Discussion about this post