इटहरी : इटहरीमा चोरीको मोटरसाइकलसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक भीमबहादुर खड्काका अनुसार भदौ १५ गते इटहरी १२ मा सञ्चित राईले आफू बस्ने घरको प्यासेजमा पार्किङ गरेर राखेको मोटरसाइकल चोरी भएको थियो ।
प्र.१–०२–०४४ प ३३६२ नम्बरको मोटरसाइकल चोरी भएसँगै राईले प्रहरीमा उजुरी गरेका थिए ।
प्रहरीमा उजुरी गरेसँगै खोजतलास गर्ने क्रममा इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरी टोलीले सोमबार इटहरी ८ बाट एक युवकलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा उदयपुर त्रियुगा नगरपालिका. वडा नं. ८ बस्ने दिलु दनुवार रहेको प्रहरी निरीक्षक खड्काले जानकारी दिए ।
मोटरसाइकलसहित पक्राउ परेका दनुवारलाई जिल्ला अदालत सुनसरीबाट मुलुकी अपराध संहिता २०७४ अन्तर्गत चोरी मुद्दामा म्याद थप गरी आवश्यक अनुसन्धान तथा कारबाहीको प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।














Discussion about this post