झापा : झापाबाट इलाम जाँदै गरेको मोटरसाइकलले ट्रकलाई ‘ओभरटेक’ गर्ने क्रममा दुर्घटना हुँदा एक पुरुषको घटनास्थलमै मृत्यु भएको छ ।
मंगलबार (आज) दिउँसोको समयमा झापाबाट हर्कटे जाने क्रममा इलामको रोङ गाउँपालिका ४ भालुझोडास्थित मेची राजमार्गमा मोटरसाइकल दुर्घटना भएको हो ।
मे ४ प ८३५५ नम्बरको मोटरसाइकलले सोही दिशाबाट आउँदै गरेको मे १ क ६५४ नम्बरको ट्रकलाई ‘ओभरटेक’ गर्ने क्रममा सडकमा रहेको खाल्डामा परी अनियन्त्रित भइ सोही ट्रकको पछाडिको टायरको किचेर मोटरसाइकल चालकको मृत्यु भएको हो ।
मृतकको तत्काल नाम, थर, वतन उमेर नखुलेको प्रहरीले जनाएको छ ।
ट्रक चालक इलाम सूर्योदय नगरपालिका ९ बस्ने ३६ वर्षीय निर्मल तामाङलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post