तरहरा : इटहरी २० तरहरामा जारी ‘प्रथम खार्साला नकआउट फुटबल प्रतियोगिता’ को दोस्रो दिन भएको खेलमा आपगाँछी युवा क्लब र चौतारी फुटबल क्लब विजयी भएका छन ।
मङ्गलवार भएको पहिलो खेलमा भवानीपुर फुटबल क्लबलाई आँपगाछी फुटबल क्लबले ८ का विरुद्व ९ गोलले पराजित गरेको हो ।
खेलको म्यान अफ दि म्याच भवानीपुर फुटबल क्लबका सौजन राई घोषित भए । उनले नगद एक हजार, ट्रफी र प्रमाणपत्र हात पारे ।
दोस्रो खेलमा भने संकल्प फुटबल क्लव इटहरीलाई शून्यका विरुद्व १ गोलले पराजित गर्दै चौतारी फुटबल क्लब विजयी भएको छ ।
चौतारी फुटबल क्लबका नितेश लिम्बूले खेलको १८ औं मिनेटमा गोल गरेको गोल नै निर्णायक रह्यो ।
खेलको म्यान अफ दि म्याच उनै नितेश घोषित हुँदै नगद एक हजार, ट्रफी र प्रमाणपत्र हात पारे ।
भदौ ३० गतेसम्म सञ्चालन हुने खेलको विजेता टिमले नगद पचास हजारसहित ट्रफी हात पार्नेछ भने उपविजेता टिमले पच्चीस हजारमा चित्त बुझाउने आयोजक खार्साला युवा क्लबले जनाएको छ ।














Discussion about this post