इटहरी : वीपी कोइरालाको जन्मजयन्तीको अवसर पारेर इटहरीमा वृक्षारोपण कार्यक्रमको आयोजना गरिएको छ ।
नेपाली कांग्रेस इटहरी वडा नं. ३ ले वीपीको १०९ औँ जन्मयजयन्तीको अवसर पारेर वृक्षारोपण कार्यक्रमको आयोजना गरेको हो ।
इटहरी ३ मा रहेको स्वर्गद्धारी मसानघाटमा विभिन्न प्रजातिका पाँच सय विरुवा रोपिएको कांग्रेस इटहरी ३ का उपसभापति बाबुराम नेपालले बताए ।
कार्यक्रममा महाधिवेशन प्रतिनिधि विकास केसी, कांग्रेस इटहरी उपमहानगरपालिकाका उपसभापति बालकृष्ण विष्ट लगायतको सहभागितामा वृक्षारोपण कार्यक्रमको आयोजना गरिएको हो ।
वीपीलाई स्मरण गर्नका निम्ति वृक्षारोपण कार्यक्रमको आयोजना गरिएको कांग्रेस इटहरी ३ का अर्का उपसभापति सुवास दाहालले बताए ।












Discussion about this post