झापा : झापाको भद्रपुर नगरपालिका ७ का राजेन्द्र गिरीको घरमा चोरी गर्ने दुईजनालाई जिल्ला प्रहरी कार्यालय झापाले पक्राउ गरेको छ ।
गत भदौ १ गते दिउँसो गिरीको घरमा चोरी भएको भन्ने सूचनाको आधारमा चोरीमा संग्लग्नहरुको खोजतलासमा खटिएको प्रहरी टोलीले चोरीमा संग्लग्न रहेका दुईजनालाई बुधबार पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा भद्रपुर नगरपालिका १० का २२ वर्षीय रितिक कुमार शर्मा र भद्रपुर नगरपालिका ७ का रोशन राजवंशी रहेका छन् ।
उनीहरुलाई चोरी भएका मोबाइल र सुनका विभिन्न किसिमका गरगहनासहित प्रहरीले पक्राउ गरेको हो । चोरीको आरोपमा पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।












Discussion about this post