Thursday, September 17, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

इटहरीमा उद्योग बाणिज्य संघद्वारा ‘पोर्टेबल’ सार्वजनिक शौचालय हस्तान्तरण (भिडियो)

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
भदौ २४, २०७९
in टाकुरा विशेष, समाचार
0

शौचालय हस्तान्तरण कार्यक्रममा उवासंघ इटहरीका अध्यक्ष भीमबहादुर पौडेल उपमहानगरका मेयर हेमकर्ण पौडेललाई चाबी हस्तान्तरण गर्दै ।

256
SHARES
Share on FacebookShare on Twitter

इटहरी : उद्योग बाणिज्य संघ इटहरीले ‘पोर्टेबल’ सार्वजनिक शौचालय हस्तान्तरण गरेको छ ।

शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै संघले इटहरी उपमहानगरपालिकालाई ‘पोर्टेबल’ सार्वजनिक शौचालय हस्तान्तरण गरेको हो ।

सार्वजनिक शौचालय बुझ्दै इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले निजी क्षेत्रको सहभागिता बिना विकास असम्भव रहेको बताए । उपमहानगरले पनि केहीदिनअघि सार्वजनिक शौचालयको शिलान्यास गरेको बताए ।

उनले भने, ‘अति आवश्यकीय सेवा उपलब्ध गराउन नसकिरेहको बेला यो शौचालयले सेवा प्रदान गर्न मद्यत पुग्नेछ ।’

आफूले एकसय दिनमा उत्तेजित भएर लोकप्रियताका निम्ति काम नगर्ने नभई जनताका समस्यालाई मुक्त गराउन दीर्घकालीन काम गर्ने तर्क गरे । ‘अब बोल्ने दिन होइन, बोलेका कुरा पूरा गर्ने दिन आएको छ,’ उनले भने, ‘पाँच वर्षमा जनताका आधारभूत आवश्यकता पूरा गर्नका निम्ति मेरो नेतृत्वको सरकार प्रतिवद्व छ ।’

उनले उवासंघले दिएको ‘पोर्टेबल’ सार्वजनिक शौचालय जहाँ आवश्यकता त्यहीँ प्रयोग गरिने बताए । यसअघि कोभिड कार्यकालमा उवासंघले गरेको कामको समेत मेयर पौडेलले प्रशंसा समेत गरे ।

कार्यक्रममा प्रदेश १ का सांसद लीलम बस्नेतले इटहरी उवासंघले स्थानीय सरकारसँग सहकार्य गरी अगाडि बढिरहेको तर्क गरे । उनले इटहरीमा सौर्य बत्तीदेखि सीसी क्यामेरा जडानका कुरासम्म निजी क्षेत्रले लगानी गर्नु सकारात्मक पक्ष रहेको बताए ।

कार्यक्रममा सुनसरीका प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवले उक्त सार्वजनिक शौचालयको प्रयोग र परिचालन सही ढंगबाट हुनुपर्ने बताए ।

उद्योग बाणिज्य संघको पूर्व केन्द्रीय सदस्य टंक दुलालले स्थानीय ठाउँको विकासमा निजी क्षेत्रको साथ चाहिने बताउँदै उक्त ‘पोर्टेबल’ सार्वजनिक शौचालयको सही ढंगबाट प्रयोग हुनुपर्ने बताए ।

कार्यक्रममा नेकपा एमाले इटहरी नगर अध्यक्ष यामकुमार सुब्बा, नागरिक समाज इटहरीका अध्यक्ष राजु केसी लगायतले बोल्दै उवासंघले इटहरीको विकासमा साथ दिएको भन्दै प्रशंसा गरे ।

उद्योग बाणिज्य संघ इटहरीका अध्यक्ष भीमबहादुर पौडेलले यस क्षेत्रमा दुई वर्ष अघिदेखि सार्वजनिक शौचालय निर्माण गर्ने अवधारणा ल्याएको बताए ।

उनले भने, ‘इटहरी पूर्वकै व्यापारिक केन्द्र मात्रै नभएर यस क्षेत्रबाट सबै ठाउँमा आवतजावत गर्ने माध्यम भएकाले अति आवश्यकीय कुरा हामीले महसुस गरेका थियौँ ।’

यसअघि अघिल्लो पटकको इटहरी सरकारलाई पटकपटक अनुरोध गरेपनि वार्ता सफल नभएको उनले बताए । आफूहरू इटहरीको विकासमा चिन्तित रहेकाले सरकारसँग सहकार्य गरेर अगाडि बढ्ने उनको भनाई छ ।

उवासंघ इटहरीका महासचिव पीताम्बर पोखरेलले उक्त ‘पोर्टेबल’ शौचालय ८ थान र मोबाइल शौचालय २ थान हस्तान्तरण गरिएको बताए । उनका अनुसार करीब ४० लाख रुपैयाँ लागतमा निर्माण गरिएको शौचालय इटहरीका विभिन्न ठाउँमा राख्न सकिनेछ ।

भिडियो

Tags: #इटहरी उपमहानगरपालिका#उवासंघटाकुरा विशेषभीम पौडेलसार्वजनिक शौचालयहेमकर्ण पौडेल
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

इटहरीमा आजदेखि तालतलैया गोल्डकप हुँदै
खेलकुद

इटहरीमा आजदेखि तालतलैया गोल्डकप हुँदै

by टाकुरा न्यूज । इटहरी
अशोज १, २०८३
0

इटहरी : इटहरी क्षेत्रको फुटबल खेलको संरक्षण, प्रवर्द्धन तथा विकास गर्ने उद्देश्यले प्रथम तालतलैया गोल्डकप फुटबल प्रतियोगिता–२०८३ आयोजना हुने भएको...

FEATURE BREAKING

बहुध्रुवीय विश्व व्यवस्थाका आयामहरू

by केशव खतिवडा
अशोज १, २०८३
0

विज्ञान र प्रविधिको विकास, विश्वव्यापीकण, वैश्विक प्रणालीमा आउने फेरबदल, जलवायु परिवर्तन, भू–राजनीति, भू–कुटनीति, सुरक्षा र आतंकवादको नियन्त्रण, आणविक तथा सामुद्रिक...

तुलना जुका र सरकारको

अशोज १, २०८३

सगरमाथाको शिखरमा नेपाली कीर्तिमानको इतिहास

अशोज १, २०८३
हामी नवौँ वर्षमा [प्रकाशकीय]

हामी नवौँ वर्षमा [प्रकाशकीय]

अशोज १, २०८३
सोलुखुम्बु : तालिमको काममा ‘घुसको क्यूआर’, उपाध्यक्ष र छोराविरुद्ध मुद्दा

सोलुखुम्बु : तालिमको काममा ‘घुसको क्यूआर’, उपाध्यक्ष र छोराविरुद्ध मुद्दा

भदौ ३१, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

इटहरीमा आजदेखि तालतलैया गोल्डकप हुँदै

इटहरीमा आजदेखि तालतलैया गोल्डकप हुँदै

अशोज १, २०८३

बहुध्रुवीय विश्व व्यवस्थाका आयामहरू

अशोज १, २०८३

तुलना जुका र सरकारको

अशोज १, २०८३

सगरमाथाको शिखरमा नेपाली कीर्तिमानको इतिहास

अशोज १, २०८३



लाेकप्रिय

  • ६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

    लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

    955 shares
    Share 382 Tweet 239
  • इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

    759 shares
    Share 304 Tweet 190
  • इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    353 shares
    Share 141 Tweet 88
  • इटहरीमा कोरियाको सपना देखेका अनोज : ‘चीन पुगे’ भन्दै ढाँटिए, त्यसपछि कुशको शवमा बिदाइ

    293 shares
    Share 117 Tweet 73
  • इटहरी कांग्रेस : अबको नेतृत्व कसको ?

    273 shares
    Share 109 Tweet 68

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.