झापा : झापाको छुट्टाछुट्टै तीन स्थानमा करेन्ट लगाएर माछा मार्ने क्रममा तीनजनाको मृत्यु भएको छ ।
याङबरक गाउँपालिका ६ पाँचथर घर भइ बुद्धशान्ति २ स्थित आफन्तको घरमा बस्दै आएका ३२ वर्षीय कमल बराईलीको बुद्धशान्ति गाउँपालिका ३ स्थित रहेको कुलोको पानीमा करेन्ट लगाएर माछा मार्ने क्रममा अचानक करेन्ट लागेर गम्भीर घाइते भएका थिए ।
उनको उपचारको लागि बि एण्ड सी अस्पताल बिर्तामोड लगिएपनि मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै, हल्दीबारी गाउँपालिका ५ का ६१ वर्षीय ओमबहादुर थाम्सुहाङ भुतेनी खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
यता, मेचीनगर नगरपालिका ५ स्थित हँडिया खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा मेचीनगर ११ धाईजनका ४७ वर्षीय सन्त चौधरीको मृत्यु भएको छ ।
गम्भीर घाइते भएका उनको आम्दा अस्पताल धुलाबारीमा उपचारको क्रममा मृत्यु भएको हो ।
घटना सम्बन्धमा सम्बन्धित प्रहरी कार्यालयबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post