इटहरी : इटहरीमा रहेको बेदान्त हस्पिटलमा बुधबार निःशुल्क स्वास्थ्य शिविर हुने भएको छ ।
राष्ट्रिय बाल दिवसको अवसर पारेर बुधबार एकदिने निःशुल्क स्वास्थ्य शिविरको आयोजना गर्न लागिएको हस्पिटलका प्रबन्ध निर्देशक इन्द्रबहादुर श्रेष्ठले बताए ।
उनका अनुसार वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ डा. सुरेशप्रसाद साहले बालबालिकाको स्वास्थ्य परीक्षण गर्नेछन् ।
बाल दिवसको अवसरमा बालबालिकाका लागि निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्न लागिएको श्रेष्ठले बताए ।
बिहान ७ बजेदेखि सञ्चालन हुने शिविरमा ल्याब सेवा, भिडियो एक्सरे सेवा औषधि सेवामा विशेष छुटको व्यवस्था गरिएको बताइएको छ ।














Discussion about this post