इटहरी : इटहरीमा ब्याडमिन्टन प्रतियोगिताको तयारी गरिएको छ ।
इटहरी ब्याडमिन्टन क्लबका अध्यक्ष मणिराज गुरुङका अनुसार असोज ९ र १० गते ब्याडमिन्टन प्रतियोगिता गर्नेगरी तयारी गरिएको हो ।
मेयरकप अन्तरसदस्य तथा सुपर भेट्रान ब्याडमिन्टन प्रतियोगिताको तयारी गरिएको उनले बताए । प्रतियोगितामा सहभागी हुन चाहनेले असोज ४ गतेभित्र दर्ता गरिसक्नुपर्ने जनाइएको छ ।
प्रतियोगिताको प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः २० हजार, १० हजार र पाँच–पाँच हजार रुपैयाँ प्रदान गरिनेछ ।















Discussion about this post