इटहरी : नवौं राष्ट्रिय खेलकुदका लागि खेलाडी छनौट गर्ने क्रममा घाइते भएका खेलाडीले प्राथमिक स्वास्थ्य उपचार नपाएपछि अस्पताल लगिएको छ ।
बुधबार इटहरी रंगशालामा भएको भलिबल खेलमा सुनसरीका सुरज चौधरी घाइते भएपनि प्राथमिक स्वास्थ्य उपचार नपाएपछि अस्पताल लगिएको हो ।
नवौं राष्ट्रिय खेलकुदका लागि प्रदेश १ को छनौट टिमका लागि इटहरी रंगशालामा खेलकुदका गतिविधि भइरहेको छ । फुटबल, भलिबल, तेक्वान्दो, कराँते जस्ता खेलकुद भइरहेको छ ।

यसैबीच बुधबार दिउँसो इटहरी रंगशालामा जारी पुरुषतर्फको भलिबल प्रतियोगितामा सुनसरी र सोलुखुम्बुबीच प्रतिस्पर्धा भएको थियो । प्रतिस्पर्धाका क्रममा सुनसरीको टिमबाट क्याप्टेन समेत रहेका रामधुनी १ का चौधरी घाइते भएपनि उनले प्राथमिक स्वास्थ्य उपचार पाएनन् ।
घाइते खेलाडीलाई लिन आएको एम्बुलेन्स पनि आयोजकको फितलो व्यवस्थापनका कारण घुम्तीमा निकै सकस भएको थियो । जथाभावी पार्किङ हुँदा एम्बुलेन्स घुमाउन समस्या भएको थियो ।
आगामी असोज २८ गतेदेखि कार्तिक ३ गतेसम्म गण्डकी प्रदेशको पोखरामा आयोजना हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि प्रदेश १ को छनौट प्रतियोगिताको मुख्यमन्त्री राजेन्द्रकुमार राईले उद्घाटन गर्ने कार्यक्रम थियो ।














Discussion about this post