विराटनगर :प्रदेश १ को प्रदेश स्तरीय भरोत्तोलन प्रतियोगिता बिहीबार विराटनगरमा शुरु भएको छ ।
नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागिता जनाउनको लागि प्रदेश स्तरीय छनौट खेलमा विराटनगरमा महानगरपालिकाका मेयर नागेश कोइरालाको प्रमुख आतिथ्यतामा शुरु भएको हो ।
प्रदेश स्तरीय भरोत्तोलन खेलमा ४५ केजी तौल समुहतर्फ महिलामा खोटाङ्गकी जोली थापा प्रथम भएकी छन् भने इलामकी जमुना क्षेत्रीले दोस्रो स्थान हासिल गरेकी छन् । जोलीले ६२ केजीको तौल उठाइन भने क्षेत्रीले ४० केजिको तौल उठाएकी थिइन ।
यस्तै, ४९ केजी तौल समूहमा झापाकी राधा भुजेल प्रथम भइन । भुजेलले ६० केजीको तौल उठाएकी थिइन् । यता ५५ केजी तौल समूहबाट झापाकी करिना चौधरीले १ सय १२ केजि तौल उठाएर प्रथम स्थान हासिल गरेकी छन् भने इलामकी सलिना तामाङ्ग द्धितिय भएकी थिइन् ।
यसैगरी पुरुषतर्फको भरोत्तोलनमा ५५ केजी तौल समूहमा उदयपुरका रामकुमार यादव प्रथम भएका छन् । यस्तै, मोरङ्गका अरुण राजवंशीले द्धितीय स्थान हासिल गरेका छन् । यता ६१ केजी तौल समूहमा अजित राजवंशी प्रथम बनेका छन् ।
६७ केजी तौल समूहतर्फ उदयपुरका रिवेश अधिकारी प्रथम बनेका छन् भने ७३ केजी तौल समूहमा पियुष राजवंशी प्रथम, इलामका पुष्कर राई द्धितीय र इलामकै निश्चल खवाष तृतीय बनेका छन् ।
यता ८१ केजी तौल समूहमा मोरङ्गका कपलेश्वर राजवंशी प्रथम भएका छन् भने झापाका प्रसिद्ध लवटराज द्धितीय भएका छन् ।












Discussion about this post