झापा : झापामा एक वृद्वले दुईजना बालिका बलात्कृत भएको घटना बाहिरिएको छ ।
बलात्कृत हुनेमा १७ वर्षीया र ११ वर्षीया दुई बालिका रहेको प्रहरीले जनाएको छ ।
ती दुई बालिकालाई बलात्कार गरेको आरोपमा मेचीनगर नगरपालिका १२ माथिल्लो धाईजन बस्ने ७३ वर्षीय कपिल मनि पौडेललाई आज (शुक्रबार) बिहान प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
पौडेलले ती बालिकाहरूलाई विभिन्न मितिमा पटक–पटक बलात्कार गरेको र १७ वर्षीया बालिका गर्भवती समेत भएको प्रहरीले जनाएको छ ।
घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।


















Discussion about this post