झापा : झापामा टिपर र मोटरसाइकल एकआपसमा ठक्कर हुँदा एकजनाको मृत्यु भएको छ ।
पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार झापाको कन्काई ४ स्थित माईपुलमा प्र ३–००१ क ००९१ नम्बरको टिपर र प्र १–०१–०१३प ८३१९ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर हुँदा मोटरसाइकल चालक झापाको बाह्रदशी गाउँपालिका ५ बस्ने अन्दाजी ४६ वर्षीय सागर पौडेलको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको बी एण्ड सी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा पौडेलकी श्रीमती ४० वर्षीया गीता पौडेल घाइते भएकी छन् ।
उनको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । टिपर चालक जिल्ला मकवानपुर गढी गाउँपालिका ८ बस्ने २३ वर्षीय मनरत्न लामा र दुवै सवारी साधन प्रहरीको नियन्त्रणमा छन् ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post