इटहरी : प्रदेश १ स्तरीय भलिबल प्रतियोगिताको उपाधि झापाले जितेको छ ।
२९ भदौदेखि इटहरीमा भएको प्रतियोगिताको शनिबार फाइनल खेलमा ओखलढुंगालाई पराजित गर्दै झापाले उपाधि जितेको हो ।
फाइनल खेलमा झापाले ओखढुंगालाई सोझो सेटमा हराउँदै पुरुष भलिबलको उपाधि जितेको हो ।
ओखलढुंगाले पहिलो र दोस्रो सेटमा १९ अंक ल्याएको थियो । अन्तिम सेटमा भने १७ अंकमा सीमित भएको थियो ।
नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि प्रदेश छनौट अन्तर्गत भएको खेलमा ओखलढुंगा दोस्रो भएको छ भने संखुवासभा तेस्रो भएको छ ।












Discussion about this post