इटहरी : नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको छनौटका लागि भएको प्रदेश १ स्तरीय बुद्धिचाल प्रतियोगितामा खुल्ला र महिला दुवैतर्फ झापा प्रथम भएको छ ।
भदौ ३० गतेदेखि धरानमा भएको प्रदेश स्तरीय छनौट प्रतियोगितामा खुल्लातर्फ झापाका राजन सुवेदी प्रथम भएका छन् भने महिलातर्फ झापाकै खुस्वु थापा प्रथम बनेकी छन् ।
यसैगरी खुल्लातर्फको रजत सुनसरीका प्रज्वल घिमिरेले जितेका छन् भने पाँचथरका प्रशान्तदास चेम्जोङ्गले कास्य पदक जितेका छन् ।
यस्तै, महिलातर्फको बुद्धिचाल प्रतियोगितामा झापाकी खुस्बु थापाले स्वर्ण पदक जितेकी छन् भने झापाकै कृस्तिसरा अधिकारीले रजत र भोजपुरकी संगीता प्रधानले कास्य पदक पाएकी छन् ।
प्रथम, द्धितीय र तृतीय हुने खेलाडीहरूलाई शनिबार एक कार्यक्रमबीच मेडल र प्रमाणपत्र प्रदान गरिएको बुद्धिचाल खेल आयोजक समितिका संयोजक खगेन्द्र बास्तोलाले जानकारी दिए ।
छनौट भएका खेलाडीको नाम प्रदेश खेलकुद विकास बोर्डमा पठाईने निर्णायक समितिका अमिर निरौलाले बताए ।












Discussion about this post