मोरङ : मोरङको बूढीगंगा गाउँपालिका १ मिलचौकस्थित कोशी प्याकेजिङ कार्टुन फ्याक्ट्रिमा काम गर्ने एक जना मजदुरको करेन्ट लागेर मृत्यु भएको छ ।
मृत्यु हुनेमा तेह्रथुमको छथर शुक्रबारे ५ घर भएका २५ वर्षीय आकाश लिम्बू रहेका छन् ।
फ्याक्ट्रि नजिकै जमेको पानीको खाल्डोमा करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका लिम्बूको विराट मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय नेमुवाले थप अनुसन्धान गरिरहेको छ ।












Discussion about this post