इटहरी : इटहरीमा लागूऔषधसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) खगेन्द्रबहादुर खड्काका अनुसार इटहरी २० तरहराबाट दुईजनालाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा धरान ११ बस्ने ३२ वर्षीय जोडन देवान र धरान १७ का १९ वर्षीय अशोक तामाङ रहेका छन् । चेकजाँचको क्रममा को ३२ प ५९२४ नम्बरको मोटरसाइकलसहित उनीहरूलाई पक्राउ गरिएको डीएसपी खड्काले बताए ।
उनका अनुसार मोटरसाइकलको सिटमा कालो प्लाष्टिकको झोलामा लुकाईछिपाई राखिएको अवस्थामा नाइट्रोसन १० लेखिएको ७८ पत्तामा ७८० ट्याबलेट बरामद गरिएको छ ।
अवैध लागूऔषधसहित पक्राउ परेका उनीहरूविरुद्व जिल्ला अदालत सुनसरीबाट लागूऔषध मुद्दामा म्याद थप भइ अनुसन्धान भइरहेको इटहरी प्रहरीले जनाएको छ ।














Discussion about this post