तरहरा : इटहरी उपमहानगरपालिका २० तरहराबाट प्रहरीले चोरीका सामानसहित दुईजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा इटहरी २० का किरण क्षेत्री र आशिष चौधरी रहेका छन् ।
क्षेत्रीले सञ्चालन गरेको कवाडी पसलमा चोरी गरेको ब्याट्रिसहित अन्य सामानहरूको कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले पक्राउ गरेको इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।
उनका अनुसार राठि कम्पनीको वाइरिङ तार बेच्दै गरेको अवस्थामा चौधरीलाई पक्राउ गरिएको र उनले उक्त सामान चोरी गरेर बेच्न ल्याएको बताएसँगै यसअघिका सामान पनि चोरी गरेर बेचेको प्रहरीमा बयान दिएका थिए ।
सोही बयानका आधारमा अन्य सामानहरू कवाडी पसलमा बिक्री गरेको कवाडी पसल खानतलासी गरी सामान समेत बरामद गरिएको डीएसपी खड्काले जानकारी दिए ।
कवाडी पसलमा ब्याट्रि १४ थान, पानी तान्ने मोटर दुई थान, राठि कम्पनीका तार ८ प्याकेट लगायतका सामानहरू पनि बरामद गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका दुवैजनामाथि जिल्ला अदालत सुनसरीबाट चोरी मुद्वामा म्याद थप गरी आवश्यक अनुसन्धान तथा कारबाहीको प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।











Discussion about this post