इटहरी : इटहरीमा चोरीका गहनासहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।
गत जेठमा चोरी भएपनि प्रहरीले दोषीलाई पहिचान गरी शुक्रबार पक्राउ गरेको हो । शुक्रबार पक्राउ गरेर आइतबार प्रहरीले उनीहरूलाई सार्वजनिक गरेको छ ।
इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) खगेन्द्रबहादुर खड्काका अनुसार पक्राउ पर्नेमा झापाको दमक नगरपालिका २ बस्ने अरुण राना मगर, सोही ठाउँ बस्ने बिर्खमान राई र भुपेन्द्र बिक रहेका छन् ।
गत जेठ २ गते इटहरी ८ स्थित प्रविशा कार्कीको घरबाट सुनको गहना चोरी भएको घटनामा संलग्न व्यक्तिहरूको खोजतलास तथा पहिचान गर्ने क्रममा उनीहरूलाई पक्राउ गरिएको डीएसपी खड्काले बताए ।
मगर र राईबाट बिकले उक्त सुनको गहना खरिद गरेको प्रहरीको प्रारम्भिक अनुसन्धाबाट खुलेको छ ।
पक्राउ परेकाहरूलाई सुनसरी जिल्ला अदालतबाट चोरी मुद्वामा म्याद थप गरी आवश्यक अनुसन्धान तथा कारबाहीको प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।














Discussion about this post