इटहरी : प्रदेश १ स्तरीय पुरुष ह्याण्डबल प्रतियोगिताको उपाधि मोरङको ह्याण्डबल समूहले जितेको छ ।
आइतबार सुनसरीको इटहरीस्थित खनारमा भएको फाइनल खेलमा उदयपुरको टिमलाई ९ अंकले हराउँदै उपाधि जित्न सफल भएको हो ।
फाइनल प्रतिस्पर्धामा उदयपुरले ६ अंक ल्याएको थियो भने मोरङले १६ अंक प्राप्त गरेको थियो ।
यस्तै, ओखलढुंगाले कास्य पदक जितेको छ । भोजपुरको टिमलाई जित्दै ओखलढुंगाले तेस्रो पोजिसन सुरक्षित गरेको हो ।
फाइनल खेलको समापनपछि खेलाडीलाई मेडल तथा प्रमाणपत्र वितरण गर्दै प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव हंशराज वाग्लेले प्रदेश १ को लागि नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेर मेडल ल्याउन शुभकामना दिएका थिए ।
यस्तै, शनिबार भएको महिलातर्फको ह्याण्डबल खेलमा उदयपुर प्रथम बनेको थियो भने भोजपुर द्धितीय र मोरङ तेस्रो बनेको थियो ।












Discussion about this post