इटहरी : प्रदेश नम्बर १ स्तरीय खो–खो प्रतियोगिता झापाको बिर्तामाडमा आइतबार सम्पन्न भएको छ ।
आगामी २८ गतेदेखि कार्तिक ३ गतेसम्म सञ्चालन हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि भएको छनौट खेलमा पुरुषतर्फ झापा जिल्ला प्रथम बनेको छ ।
यसैगरी दोस्रोमा मोरङ आएको छ भने तेस्रोमा संखुवासभा र तेह्रथुम आएका छन् ।
यसैगरी महिलातर्फको खो–खो प्रतियोगितामा मोरङले उपाधि हात पारेको छ भने संखुवासभा दोस्रो बनेको छ । आइतबार भएको फाइनल खेलमा तेस्रो उपाधि झापा र तेह्रथुमले जितेका छन् ।
खेलमा प्रदेश १ का पाँच वटा जिल्लाले सहभागिता जनाएका थिए ।












Discussion about this post