इटहरी : सोमबारबाट इटहरी रंगशालामा सञ्चालन भएको प्रदेश १ स्तरीय डबल सेपाकताक्रो खेलको उपाधि संखुवासभाले हात पारेको छ ।
सोमबार भएको खेलमा भोजपुर, सुनसरी र झापालाई पछि पार्दै संखुवासभाले प्रथम स्थान हासिल गरेको हो ।
नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि प्रदेश एकको छनौट खेलमा सोझो सेटमा भोजपुर, सुनसरी र झापालाई पछि परेदै संखुवासभाले जित हासिल गरेको छ ।
त्यसैगरि भोजपुर र झापालाई पछि पार्दै सुनसरीले दोस्रो स्थान हासिल गरेको छ । यता भोजपुरलाई पराजित गर्दै झापा तेस्रो भएको छ ।
प्रदेश १ का चार जिल्लामा खेलाडी सहभागी रहेको सेपाकताक्रोमा क्वाड ईभेन्ट खेलमा सुनसरी र झापालाई पराजित गर्दै संखुवासभा प्रथम हुन सफल भएको हो ।
पुरुषतर्फको रेगुलर ईभेन्ट र महिलातर्फको क्वाट ईभेन्ट, रेगु ईभेन्ट मंगलबार हुने आयोजक प्रदेश १ खेलकुद विकास बोर्डले जनाएको छ ।
खेलको खेलकुद विकास बोर्डकी उपाध्यक्ष जिनाजंग काकीले उद्घाटन गरेकी थिइन् ।












Discussion about this post