Tuesday, November 24, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

सुनसरीमा लुटपाटपछि १८ वर्षीय किशोरले गरे महिलाको हत्या, यसरी आए प्रहरी नियन्त्रणमा

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
अशोज ४, २०७९
in टाकुरा विशेष, समाचार
0

आरोपितलाई सार्वजनिक गर्दै प्रहरी ।

668
SHARES
Share on FacebookShare on Twitter

इटहरी : सुनसरीमा लुटपाट गर्ने उदेश्यले गएका एक किशोरले महिलाको हत्या गरेका छन् ।

हत्या गरेको आरोपमा प्रहरीले धनकुटाको साँघुरीगढी गाउँपालिका ८ का १८ वर्षीय निखिल भनिने नकुल राईलाई पक्राउ गरेको छ ।उनलाई मंगलबार जिल्ला प्रहरी कार्यालय सुनसरीको परिसरमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो ।

सुनसरी प्रहरी प्रमुख (एसपी) प्रभुप्रसाद ढकालका अनुसार गत भदौ २८ गते दिउँसो ३ बजेतिर धरान उपमहानगरपालिका २० विष्णुपादुकास्थित तोड्केकी ६४ वर्षीया पूर्णसरी राईको हत्या भएको थियो ।

राईले धारिलो हतियार खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको एसपी ढकालले जानकारी दिए ।

उनका अनुसार घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय धरानबाट प्रहरी निरीक्षकसहितको टोली खटिएको थियो । प्रहरीलाई घटनाबारे भदौ २९ गतेमात्रै जानकारी भएको थियो ।

‘हामीलाई घटनाबारे एकदिनपछि मात्रै जानकारी आएकाले घटनाको दोषी पत्ता लगाउन चुनौती थियो,’ एसपी ढकालले पत्रकार सम्मेलनमा भने, ‘घटनामा संलग्नको खोजी गर्ने क्रममा १ नम्बर प्रदेश प्रहरीको अनुसन्धान समूह र तालिम प्राप्त कुकुर अनुसन्धानमा खटिएको थियो ।’

उनले घटनामा संलग्नलाई विराटनगर महानगरपालिका १५ स्थित रानी क्षेत्रबाट असोज २ गते आइतबार पक्राउ गरिएको जानकारी दिए । प्रहरीका अनुसार अनुसन्धानका क्रममा राईले खुकुरी प्रहारबाट महिलाको हत्या गरेको स्वीकार गरेका छन् ।

‘मृतक पूर्णसरीले लगाएको सुनको गहना ७.२७० ग्राम लुटपाट गर्न खोजेको र प्रतिकार गरेपछि साथमै भएको खुकुरी प्रहार गरी हत्या गरेर लुटपाट गरेको खुलेको छ,’ एसपी ढकालले भने, ‘खुकुरी प्रहारबाट हत्या भएपछि धरानकै पकुवा खोलाको जंगलमा खुकुरी फालेर बराहक्षेत्र नगरपालिका ४ बाट साइकल चोरेर भागेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।’

आरोपित किशोरले बराहक्षेत्र ४ बाट साइकल चोरेर भोक्राहा–नरसिंह गाउँपालिकामा पुगेको बताइएको छ । भोक्राहाका २० वर्षीय रञ्जित कुमार साहलाई लुटपाट गरिएको सुनको गहना राख्न दिएको र उनी भारततर्फ लागेको अनुसन्धानबाट खुलेको छ ।

गहना राखेको र हत्यामा सहयोग गरेकाले साहलाई पनि प्रहरीले असोज ३ गते सोमबार गहनासहित पक्राउ गरेको छ ।

पक्राउ परेका दुवैजनालाई मंगलबार जिल्ला अदालत सुनसरीबाट राईलाई सात दिन र साहलाई चारदिनको म्याद थप गरिएको सुनसरी प्रहरीले जनाएको छ ।

पक्राउ परेका राई सानै उमेरदेखि बाबुआमा बिना नै धरानमा बस्ने गरेको र लागूऔषध सेवन गर्ने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

‘हत्या गर्ने दिन पनि आफूले लागूऔषध गोटी सेवन गरेको उनले बताएका छन्,’ एसपी ढकालले भने, ‘एक हप्ता अगाडिदेखि नै हत्या गर्ने योजना बनाएपनि त्यसदिन चैँ प्रहार नै गरेको पाइयो ।’

उनका अनुसार लागूऔषध सेवनकै लागि लुटपाट गरेको र त्यो घटनाले ज्यानै लिएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

भिडियो

Tags: #सुनसरी प्रहरी#हत्याटाकुरा विशेष
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

तल्लो अरुण जलविद्युत् आयोजनाको प्रधानमन्त्री बालेन र मोदीद्वारा संयुक्त शिलान्यास
समाचार

तल्लो अरुण जलविद्युत् आयोजनाको प्रधानमन्त्री बालेन र मोदीद्वारा संयुक्त शिलान्यास

by टाकुरा न्यूज । इटहरी
मंसिर ७, २०८३
0

काठमाडौं : प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजनाको सोमबार संयुक्त...

कोशीमा ‘सुरक्षित यात्रा अभियान’काे शुभारम्भ, जितबहादुर राई सम्मानित
समाचार

कोशीमा ‘सुरक्षित यात्रा अभियान’काे शुभारम्भ, जितबहादुर राई सम्मानित

by टाकुरा न्यूज । इटहरी
मंसिर ७, २०८३
0

विराटनगर : सडक दुर्घटना न्यूनीकरण तथा सुरक्षित यातायात प्रवर्द्धन गर्ने उद्देश्यले कोशी प्रदेशमा ‘सुरक्षित यात्रा अभियान’ शुभारम्भ गरिएको छ। अभियानको अवसरमा...

इटहरीमा सामाचकेवा सांस्कृतिक कार्यक्रम सम्पन्न

इटहरीमा सामाचकेवा सांस्कृतिक कार्यक्रम सम्पन्न

मंसिर ७, २०८३
चिसोले छोटिँदै पर्यटकको खुम्बु बसाइ

चिसोले छोटिँदै पर्यटकको खुम्बु बसाइ

मंसिर ६, २०८३
ठगी गर्ने इटहरीका सुन पसले जेल चलान

जेनजी आन्दोलनमा झुम्का कारागारबाट फरार कैदी पक्राउ

मंसिर ६, २०८३
ताप्लेजुङस्थित पाथीभरा मन्दिरकाे सजावट

पाथीभरा दर्शनमा बढ्यो चाप, एक महिनामै ५० लाख भेटी

मंसिर ६, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

तल्लो अरुण जलविद्युत् आयोजनाको प्रधानमन्त्री बालेन र मोदीद्वारा संयुक्त शिलान्यास

तल्लो अरुण जलविद्युत् आयोजनाको प्रधानमन्त्री बालेन र मोदीद्वारा संयुक्त शिलान्यास

मंसिर ७, २०८३
कोशीमा ‘सुरक्षित यात्रा अभियान’काे शुभारम्भ, जितबहादुर राई सम्मानित

कोशीमा ‘सुरक्षित यात्रा अभियान’काे शुभारम्भ, जितबहादुर राई सम्मानित

मंसिर ७, २०८३
इटहरीमा सामाचकेवा सांस्कृतिक कार्यक्रम सम्पन्न

इटहरीमा सामाचकेवा सांस्कृतिक कार्यक्रम सम्पन्न

मंसिर ७, २०८३
चिसोले छोटिँदै पर्यटकको खुम्बु बसाइ

चिसोले छोटिँदै पर्यटकको खुम्बु बसाइ

मंसिर ६, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ

    बैंकिङ कसुरमा इटहरीका अधिकारी पक्राउ

    1117 shares
    Share 447 Tweet 279
  • यी हुन् इटहरी दुर्घटनामा ज्यान गुमाउने दुई युवा

    1094 shares
    Share 438 Tweet 274
  • इटहरी उपमहानगरका इन्जिनियर प्रहरी नियन्त्रणमा

    390 shares
    Share 156 Tweet 98
  • ब्राउनसुगरसहित इटहरीकी एक युवती र दुई युवक पक्राउ

    340 shares
    Share 136 Tweet 85
  • मोरङमा ग्यास चुहावटको आगोले खोस्यो ३० वर्षीया सुरक्षाको जीवन

    276 shares
    Share 110 Tweet 69

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.