इटहरी : सोमबारदेखि इटहरी रंगशालामा भएको सेपाकताक्रो प्रतियोगितामा पुरुष तर्फको रेगु इभेन्टमा संखुवासभा र महिलातर्फको इभेन्टमा सुनसरी पहिलो भएको छ ।
मंगलबार भएको खेलमा रेगु इभेन्टमा पुरुषतर्फ भोजपुर, झापा र सुनसरीलाई पछि पर्दै संखुवासभा प्रथम भएको हो भने दोस्रो स्थान सुनसरी र तेस्रोमा झापा आएको छ ।
यस्तै, महिला तर्फको खेलमा भोजपुर, संखुवासभा र झापालाई पछि पर्दै सुनसरी प्रथम हुन सफल भएको छ ।
भोजपुर र संखुवासभालाई पछि पार्दै झापा दोस्रो भएको छ । पछिल्लो दुईदिन भएका खेलबाट नवौँ राष्ट्रिय खेलका लागि सात जना खेलाडी छनौट गरिने छनौट समितिले बताएको छ ।
मंगलबार भएको समापन कार्यक्रममा प्रमुख अथिति राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव केशवकुमार विष्टले आफ्नै अग्रसरतामा करीब एक दशकयता खेललाई नेपालले खेलको रुपमा अनुमोदन गरेको बताए ।
सेपाकताक्रो संघ केन्द्रीय उपाध्यक्ष समेत रहेका विष्टले आगामी दिनमा यस खेलले विश्वमा चलेका खेलको स्थानमा पुग्ने र तेतिनै लोकप्रियता हुने विश्वास व्यक्त गरेका थिए ।












Discussion about this post