इटहरी : नेकपा एमाले सुनसरी जिल्ला कमिटिका अध्यक्ष रेवतीरमण भण्डारीका पिताको दुर्घटनामा निधन भएको छ ।
प्रदेश १ प्रहरी कार्यालय विराटनगरका अनुसार घर अगाडि निस्कदै गर्दा प्रदेश नम्बर १-०२-००३ ह ३०४१ नम्बरको सिटी सफारीको ठक्करबाट घाइते भएका नेता भण्डारीका पिता ८२ वर्षीय उमानाथ भण्डारीको निधन भएको हो ।
इटहरी ९ फूलबारी टोलस्थित भित्री सडकखण्डमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको सिटीले ठक्कर दिएको थियो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतकको शव पोस्टमार्टमका लागि कोशी अञ्चल अस्पताल विराटनगरमा राखिएको छ ।
ठक्कर दिने सफारी चालक इटहरी ५ वस्ने ५२ वर्षीय छबिलाल सरदार प्रहरीको नियन्त्रणमा छन् । घटनाबारे थप अनुसन्धान भइरहेको इटहरी प्रहरीले जनाएको छ ।














Discussion about this post