झापा : झापामा सर्पले डसेर एकजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा कचनकवल गाउँपालिका ३ डाकुपाडाका ६५ वर्षीय कालोघाटनी राजवंशी छन् ।
आँगनमा बढारिरहेको अवस्थामा सर्पले डसेको थियो । घरमा एक्लै रहेका उनी सर्पले डसेपछि नजिकै रहेको प्रहरी चौकीछेउ पुगेका थिए ।
उनलाई ३ बजेतिर प्रहरीको सहयोगमा स्थानीय जालिम राजवंशीले सर्पदंश उपचार केन्द्र बनियानी लगिएको थियो । तर, उपचारका कारण मृत्यु भएको प्रहरीले जनाएको छ ।











Discussion about this post