इटहरी : आगामी २८ गतेदेखि कार्तिक ३ गतेसम्म गण्डकी प्रदेशको पोखरामा आयोजना हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि जुडोतर्फको प्रदेश १ छनौट सम्पन्न भएको छ ।
मंगलबारको फाइनल खेलमा पुरुषतर्फ धेरै स्वर्ण पदक झापाले पाएको छ भने महिलातर्फ सोलुखुम्बुको बर्चश्व छ ।
६० केजी तौल समूहमा भएको पुरुष जुडो प्रतियोगितामा ओखलढुंगाका पवनकुमार दियालीले स्वर्ण पदक जितेका छन् भने झापाका राम मर्दिले रजत र सोलुखुम्बुका पेम्वा दोर्जी शेर्पा र दोर्जी शेर्पाले कास्य पदक जितेका छन् ।
यस्तै, ६६ केजी तौल समूहको खेलमा पाँचथरका उत्तम प्रधान श्रेष्ठले स्वर्ण पदक पाएका छन् भने इलामका सुवास तामागले रजत र मोरङका प्रियान्सु घोस र झापाका दीपनारायण राजवंशीले कास्य पदक जितेका छन् ।
यसैगरी ७३ केजी तौल समूहको प्रतियोगितामा झापाका देवेन्द्रकुमार दाहालले स्वर्ण पदक जितेका छन् भने सोलुखुम्बुका सोनाम छिरिङ्ग शेर्पाले रजत र मोरङ्गका उमा शंकर यादवले कास्य पदक पाएका छन् ।
यस्तै, ८१ केजी माथिको प्रतिस्पर्धामा मोरङका राजबहादुर बोलन प्रथम भएका छन् ।
यसैगरी ९० केजी तौल समूहको खेलमा झापाका मंगलु मेचेले स्वर्ण, सुनसरीका गणेश खत्रीले रजत र मोरङका पियुष ठकुरीले कास्य पदक जितेका छन् भने कास्यमा मोरङकै प्रशास्त शाह छन् ।
यता एक सय केजी तौल समूहमा भएको प्रतियोगितामा झापाका निश्चल राईले स्वर्ण पाएका छन् भने सय केजी भन्दा धेरैमा झापाकै प्रेम गुरुङ्गले स्वर्ण र ओखलढुंगाका राहुल भुजेलले रजत जितेका छन् ।
यसैगरी महिलातर्फ भएको छनौट प्रतियोगितामा ४८ केजी तौल समूहमा ओखलढुंगाकी सकुन सुनुवारले स्वर्ण पदक पाएकी छन् ।
यस्तै, सुनसरीकी रिस्ता राईले रजत र झापाका झरना श्रेष्ठ र भावना भण्डारीले कास्य पदक पाएका छन् ।
यता ५२ केजी तौल समूहमा सोलुकी प्रितीमाया तामाङ्गले स्वर्ण पदक जितेकी छन् भने झापाकी तुलसी देवी नेवारले रजत र मोरङ्गकी लिलामाया खड्काले र झापाकी अर्जुु लिम्बूले कास्य पदक जितेका छन् ।
यस्तै, ५७ केजी तौल समूहमा सोलुखुम्बुकी पेमा यान्जी शेपाले स्वर्ण, झापाकी अनिता मण्डलले रजत र सुनसरीकी आस्था राईले कास्य पदक जितेका छन् । ६३ केजी तौल समूहमा सोलुखुम्बुकी बन्दना राईले स्वर्ण पाएकी छन् भने झापाकी इशा कार्कीले रजत र इलामका विनिता आछामे र प्रमिला तामाङ्गले कास्य पदक जितेका छन् ।
७० केजी तौल समूहमा भएको प्रतिस्पर्धामा सुनसरीकी समन्ता राईले स्वर्ण जितिन् भने झापाकी रिना धिमालले कास्य जित्न सफल भइन् । यस्तै, ७८ केजी तौल समूहमा सुनसरीकी दिव्या लिम्बूले स्वर्ण र झापाकी रिना धिमालले कास्य पदक पाएका छन् ।
यस्तै, ७८ केजी भन्दा बढी तौल समूहमा सुनसरीकै दीपिका अचाजुले स्वर्ण पदक जितेकी छन् भने झापाकी मनिषा भारती गिरीले रजत र मोरङ्गकी गोमा राईले कास्य पदक जितेका छन् ।
यस्तै, ७३ केजी तौल समूहबाट सोनाम छिरिङ्ग शेर्पा, एक सय केजीतर्फ राहुल भुजेल र ४८ केजी तर्फ रिस्ता राई परेका छन् ।
पदक पाउने खेलाडीहरुलाई समापन कार्यक्रममा नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष बज्राचार्य र प्रदेश नम्बर १ खेलकुद विकास बोर्डकी सदस्य रोशनी राईले मेडल र प्रमाणपत्र प्रदान गरेका थिए ।












Discussion about this post