इटहरी : प्रदेश १ स्तरिय उसु प्रतियोगिता बुधबारबाट इटहरी रंगशालाको कभर्डहलमा सुरु भएको छ ।
प्रदेश खेलकुद विकास बोर्डका सदस्य रितेश श्रेष्ठले प्रदेश १ स्तरीय छनौट प्रतियोगिताको उद्घाटन गरेका छन् ।
आगामी २८ गतेदेखि कार्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा आयोजना हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि प्रदेश १ को टिम छनौट गर्न प्रतियोगिताको आयोजना गरीएको हो ।
उसुमा प्रदेशका १४ वटै जिल्लाका विभिन्न तौल समूहका खेलाडीहरूको सहभागिता रहने र प्रतियोगिता तीन दिनसम्म चल्ने उसुका प्रतियोगिता संयोजक तथा प्रदेश खेलकुद विकास बोर्ड प्रदेश १ का सदस्य श्रेष्ठले जानकारी दिए ।












Discussion about this post