धरान : सुनसरी ब्याडमिन्टन संघको आयोजना तथा त्रियोग ब्याडमिन्टन क्लबको सह–आयोजनामा सुनसरीको धरानमा प्रदेश १ स्तरीय ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ ।
नवौँ राष्ट्रिय खेलकुदका लागि ब्याडमिन्टनतर्फको छनौट सकिएलगत्तै खुल्ला ब्याडमिन्टन प्रतियोगिताको आयोजना गरिएको हो ।
ब्याडमिन्टनको लागि उद्गम मानिने धरानमा प्रदेश १ भरीकै खेलाडीलाई भेला गरेर हौसला दिने उदेश्यले प्रतियोगिताको आयोजना गरिएको आयोजकले जनाएको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव हंशराज वाग्लेले खेलमा उर्जा र हौसलाको लागि बोर्ड सदैव तयार रहेको बताए ।
उनले उक्त ब्याडमिन्टन प्रतियोगिताले नवौँ खेलकुद प्रतियोगिताको लागि छनौट भएका खेलाडीको लागि पनि सिक्न तथा सिकाउन मद्धत गर्ने बताए ।
सुनसरी जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष प्रतीक श्रेष्ठ र सह–आयोजक त्रियोग ब्याडमिन्टन क्लका अध्यक्ष नकुल घले गुरुङ्गको अध्यक्षतामा भएको कार्यक्रममा त्रियोग ब्याडमिन्टन क्लबका सचिव ध्रुव याख्खाले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा बोल्दै नेपाल ब्याडमिन्टन संघका केन्द्रीय अध्यक्ष चन्द्रशेखर लामाले भाइचाराको लागि ब्याडमिन्टन खेल महत्वपुर्ण रहेको चर्चा गरे ।
कार्यक्रममा समाजसेवी टंकबहादुर लिम्बू, आर्थिक सहयोग गर्ने मैतरानी कन्दङ्गवा, मनिकुमारी राई, अमला गुरुङ्ग तथा याङ्गला लामा शेर्पालाई सम्मान पत्र समेत प्रदान गरिएको थियो ।













Discussion about this post