इटहरी : प्रदेश १ स्तरीय रग्बी प्रतियोगिताको बिहीबार इटहरी रंगशालामा उद्घाटन गरिएको छ ।
प्रदेश खेलकुद विकास बोर्डका सदस्य रितेश श्रेष्ठले प्रदेश स्तरीय रग्बी प्रतियोगिताको उद्घाटन गरे । नवौँ राष्ट्रिय खेलकुद प्रदेश १ को छनौटका लागि भएको प्रदेश एक स्तरीय खेल रग्बी खेलको महिलातर्फ तीन जिल्ला सहभागी भएका थिए ।
खेलका निर्णायक र रेफ्रीलाई बल हस्तान्तरण गर्दै बोर्डका सदस्य श्रेष्ठले खेलाडीलाई शुभकामना दिएका थिए ।
बिहीबार भएको महिलातर्फको रग्बी खेलको उपाधि इलामले हात पारेको छ । मोरङ र पाँचथरलाई पछि पार्दै इलामले उपाधि हात पारेको हो ।
प्रदेश खेलकुद विकास बोर्डले महिला रग्बी खेलबाट १२ जना खेलाडी छनौट गर्ने बताएको छ । पुरुपतर्फ भएको पहिलो खेलमा इलामले जितेको छ । झापा र इलामबीच भएको खेलमा झापालाई हराउदै इलामले जित हासिल गरेको हो ।
शुक्रबार रग्बी तर्फको बाँकी र फाइनल खेल हुने बताइएको छ ।












Discussion about this post