इटहरी : इटहरीमा ट्रक रोकेर चालकलाई अनाहक रूपमा दुःख दिएको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक भीमबहादुर खड्काका अनुसार रातको समयमा ट्रक रोकेर चालकलाई अभद्र व्यवहार गर्ने युवकलाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा इटहरी ४ का २३ वर्षीय सृजन राई रहेका छन् ।
उनीसहित बिहीबार राति करीब ४–५ जना युवाहरूको समूहले पूर्व–पश्चिम राजमार्गमा चल्ने ट्रकलाई रोकेर चालकलाई अनाहकमा हैरानी दिएको तथा हातपात समेत गरेलाई पक्राउ गरिएको खड्काले बताए ।
साथै, ट्रकमा ढुंगा प्रहार गरेको समेत प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । पक्राउ परेका राईमाथि अनुसन्धान सुरु गरी अन्यको खोजी कार्य भइरहेको इटहरी प्रहरीले जनाएको छ ।














Discussion about this post