इटहरी : नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि बिहीबारदेखि सुरु भएको प्रदेश १ स्तरिय रग्बी खेलको छनौट प्रतियोगिताको पुरुषतर्फको उपाधि इलामले हात पारेको छ ।
प्रदेश १ का १४ जिल्लामध्ये पाँच वटा जिल्लाबाट रग्बी खेलका खेलाडीहरू छनौट प्रतियोगितामा सहभागी भएकोमा इलाम र फाइनलमा मोरङलाई पछि पार्दै उपाधि हात पारेको हो ।
यसअघि महिला रग्बीको उपाधि पनि इलामले नै जितेको थियो ।
प्रतियोगितामा स्वर्ण पदक विजेता खेलाडीहरूलाई पूर्व राखेप सदस्य किरण गिरीले मेडल तथा प्रमाणपत्र प्रदान गरेका थिए ।












Discussion about this post