इटहरी : नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि प्रदेश १ मा भएको उसु खेलको खेलाडी छनौट प्रतियोगिताको सुनसरी जिल्ला च्याम्पियन भएको छ ।
इटहरी रंगशालाको कभर्डहलमा तीन दिनसम्म चलेको छनौट प्रतियोगिताबाट सुनसरीले पाँच वटा स्वर्ण पदक जित्दै च्याम्पियन बनेको हो ।
छनौट प्रतियोगितामा ६० केजी तौल समूहमा इलामकी अर्चना लिम्बूले स्वर्ण पदक जितेकी छन् भने भोजपुरकी स्मृति प्रधानले रजत पदक जित्न सफल भएकी छन् ।
यस्तै, कास्यमा सुनसरीकी सदीक्षा राई र संखुवासभाकी लजिता शेर्पाले जितेका छन् । यता, ६५ केजी तौल समूहको प्रतिस्पर्धामा संखुवासभाकी प्रमिला विकले स्वर्ण पाएकी छन् भने झापाकी दीपाकुमारी गणेशले रजत पदक पाएकी छन् ।
यस्तै, सुनसरीकी स्मारिका खवास र इलामकी रीता कटवालले कास्य पदक जितेकी छन् ।
यता ७० केजी महिला समूहको प्रतिस्पर्धामा सुनसरीकी दुर्गा ठकुरीले स्वर्ण जितेकी छन् भने मोरङकी सम्झना राईले रजत र कास्यमा पाँचथरकी मनिषा नेम्बाङ्ग र इलामकी मनिता नुगो आएका छन् ।
७५ केजी पुरुषतर्फको प्रतिस्पर्धामा मोरङका अमित लोकान्दिले स्वर्ण जितेका छन् भने झापाका करण राजवंशीले रजत र कास्यमा भोजपुरका लक्ष्मी प्रसाद तामाङ र धनकुटाका आसमान राई छन् ।
यस्तै, ४५ केजी महिलातर्फको प्रतियोगितामा संखुवासभाकी धनकुमारी राईले स्वर्ण, मोरङकी राजलकु राजवंशीले रजत र पाँचथरकी अमिता लिम्बू र झापाका उनिता राईले कास्य पदक जित्न सफल भएका छन् ।
५२ केजी तौल समूहको महिलातर्फको प्रतियोगितामा सुनसरीकी टीका थापा मगरले स्वर्ण, भोजपुरकी शुलाबुङ्ग राईले रजत र उदयपुरकी रेश्मा राई र मोरङकी पुष्पाकुमारी चौधरीले कास्य पदक जितेका छन् ।
यस्तै, ५६ केजी तौल समूहतर्फ सुनसरीकी प्रेरणा ठाकुरले स्वर्ण, संखुवासभाकी मातृका कुलुङ्गले रजत र उदयपुरकी एलिना राना मगर र झापाकी कन्चन खवासले कास्य जितेका छन् ।
यता ६० केजी तौल समूहतर्फ पुरुषको प्रतियोगितामा सुनसरीका रोहित लिम्बूले स्वर्ण पदक जितेका छन् भने मोरङका रेहन आजादले रजत र संखुवासभाका सन्देश राईका साथमा पाँचथरका रितु तुम्बाहाम्फेले कास्य पदक जितेका छन् ।
यस्तै, ६५ केजी तौल समूहमा भोजपुरका बिजय रसाइलीले स्वर्ण, झापाका सुमन मेचेले रजत तथा संखुवासभाका ताराराज राई र सुनसरीका किरण राईले कास्य पदक जिते ।
६० केजी तौल समूहको पुरुष प्रतियोगितामा मोरङका दीपककुमार पासवानले स्वर्ण जितेका छन् । यस्तै, झापाका रोशन गुरुङले रजत र उदयपुरका अर्जुन बिक र धनकुटाका आर्मल तेपुङ्गले कास्य पदक पाएका छन् ।
पुरुष ४८ केजी तौल समूहमा संखुवासभाका गणेश लिम्बूले स्वर्ण, मोरङका पारस मरिकले रजत र भोजपुरका श्यामराज राई र सुनसरीका सविर सिहं थाक्लेले कास्य पदक पाएका छन् ।
यस्तै, ५६ केजी पुरुषको प्रतिस्पर्धामा सुनसरीका प्रज्वल राईले स्वर्ण, संखुवासभाका फुर्काली शेर्पाले रजत र भोजपुरका सन्जय राईले र झापाका अजित मेचेले कास्य जितेका छन् ।
पुरुष ८० केजी तौल समूहमा मोरङका उपेन्द्र मारिकले स्वर्ण, धनकुटाका हेमराज विश्वकर्माले रजत र संखुवासभाका प्रकाश तामाङ्गले कास्य पदक जिते भने ८५ केजी तौल समूहमा सुनसरीका रोचन श्रेष्ठले स्वर्ण, संखुवासभाका बीरबल राईले रजत र धनकुटाका रिजन श्रेष्ठले कास्य पदक जित्न सफल भएका छन् ।
प्रदेश १ का ११ वटा जिल्लाका खेलाडी सहभागी भएको प्रदेश स्तरीय प्रतियोगितामा छनौट भएका खेलाडी गण्डकी प्रदेशमा आयोजना हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा प्रदेशको प्रतिनिधित्व गर्दै प्रतिस्पर्धामा सहभागी हुनेछन् ।
विभिन्न मेडल प्राप्त गर्ने खेलाडीलाई शुक्रबारै एक कार्यक्रमबीच प्रदेश खेलकुद विकास बोर्ड प्रदेश नम्बर १ का सदस्य रितेश श्रेष्ठ लगायतका अतिथिहरूले मेडल तथा प्रमाणपत्र प्रदान गरेका थिए ।












Discussion about this post