इटहरी : सनराइज बैँकको १५ औँ वार्षिकोत्सवको अवसर पारेर इटहरीमा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ ।
इटहरी शाखाले आइतबार (आज) इटहरीस्थित सेन्ट्रल प्लाजा परिसरमा रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।
कार्यक्रममा ६१ पिन्ट रगत संकलन भएको बैँकका इटहरी शाखा प्रमुख ज्वाला शर्माले बताए ।
उनका अनुसार रगत अभावका कारण अकल्पनीय घटना हुन नदिन सामाजिक काम अन्तर्गत रक्तदान कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रममा इटहरी आसपासका ८ वटा शाखाका प्रबन्धक, बैँकका प्रदेश १ का प्रमुख विवेक निरौलसहित रेडक्रस इटहरी उपशाखाका सभापति विमल पौडेल उपस्थित थिए ।












Discussion about this post