धरान : धरान उपमहानगरपालिका वडा ९ बस्ने १० वर्षीय समीर श्रेष्ठ चौधरी, ११ वर्षीय मिलन परियार र १० वर्षीय कृष्ण भन्ने कृष्णजन्माष्टमीका दिन लाखे हेर्न जान्छु भनेर घरबाट निस्केको अझै अज्ञात छन् ।
समीरकी आमा दुर्गा चौधरीले यति दिन ती बालक बेपता हुँदा इलाका प्रहरी कार्यालय धरानमा हुलियासहित जाहेरी दिए पनि खोजि कार्यमा ढिलासुस्ती भएको र कुनै सुनुवाई नगरेको आरोप छ।
मिलन परियारको बुबा नभएको र आमा बैदेशिक रोजगारीमा रहेको र कृष्ण भन्नेको आमाबुबा नखुलेको फुपूको घरमा बस्दै आएको बताइएको छ। समीर भने चन्द्र संस्कृति माबि कक्षा ६ र मिलन भगवती माबि धरानमा कक्षा ३ मा अध्यनरत छन् ।
३ जना बालक बेपत्ता रहँदा खोजी गरिदिन परिवार स्रोतले सबैसँग अपिल गरेका छन् । कसैले फेला पारेमा समीरकी आमा दुर्गा सम्पर्क नं. ९८१०५७६३१० वा नजिकैको प्रहरी कार्यालयमा सम्पर्क गरिदिन आग्रह गरेकी छन।














Discussion about this post