इटहरी : सुनसरीको दुहबी नगरपालिका ३ मा रहेको नेपाल बिद्युत प्राधिकरणको ग्रिड शाखामा कार्यरत एक कर्मचारीको करेन्ट लागेर मृत्यु भएको छ ।
मृत्यु हुनेमा मोरङको बूढीगंगा गाउँपालिका ४ का ४१ वर्षीय महमत साबिर मियाँ रहेका छन् ।
कार्यालय पेरिमिटरभित्र पानी चलाउने मोटर जोड्ने क्रममा अचानक करेन्ट लागेर गम्भीर घाइते भएका मियाँलाई उपचारको लागि विराट मेडिकल कलेज लगिएकोमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ ।
घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।













Discussion about this post