इटहरी : सुनसरीमा चट्याङ लागेर दुईजनाको मृत्यु भएको छ ।
सुनसरीको देवानगञ्ज गाउँपालिकामा चट्याङ लागेर दुईजनाको मृत्यु भएको हो । आज (बुधबार) बिहान चट्याङ पर्दा उनीहरूको घटनास्थलमै मृत्यु भएको हो ।
चट्याङबाट देवानगञ्ज गाउँपालिका वडा नं. ३ का ६० वर्षीय उदित यादव र वडा नं. १ की ४२ वर्षीया रीता यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
आज बिहान ९ बजेतिर परेको चट्याङ लागेर उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतक दुवैजनाको पोस्टमार्टमका लागि जिल्ला अस्पताल इनरुवा लगिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post