मोरङ : मोरङको उर्लाबारी नगरपालिका १ मा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा कटहरी गाउँपालिका २ मोरङका ३५ वर्षीय उद्धब परियार रहेका छन ।
स्थानीय आशिष समी नारायण साह जे.बी. कन्ट्रक्सनद्वारा निर्माणाधीन उर्लाबारी सामुदायिक खानेपानीको पानी ट्याङ्कीमा वेल्डिङ गर्ने क्रममा करेन्ट लाग्दा परियारको घटनास्थलमै मृत्यु भएको हो ।
घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय उर्लाबारीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post