उदयपुर : उदयपुरमा गत भदौ ९ गतेदेखि बेपत्ता त्रियुगा नगरपालिका २ खैजनपुरकी वडा सदस्य छत्रकुमारी थापा (राउत) को शव भेटिएको छ ।
उनको शव ३८ दिनपछि फेला परेको हो।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक ज्ञानेन्द्र फुयाँलका अनुसार ३८ वर्षीया राउत गत भदौ ९ गतेदेखि बेपत्ता थिइन् ।
उनको कङ्काल बेलका नगरपालिका ८ सेतीखोलास्थित माछापुछरे सामुदायिक बनको रुखमा झुण्डिएको अवस्थामा स्थानीयवासीले फेला पारेका थिए ।
डिएनए परीक्षणपछि राउतको शव पहिचान भएको र शव आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।
राउत गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा त्रियुगा २ को वडा सदस्यमा निर्वाचित भएकी थिइन् ।














Discussion about this post