तेह्रथुम : तेह्रथुममा इन्टरनेट जडान गर्ने क्रममा करेन्ट लाग्दा एकजनाको मृत्यु भएको छ ।
करेन्ट लागेर आठराई गाउँपालिका ४ इवाका २४ वर्षीय निलम इङनामको मृत्यु भएको इलाका प्रहरी कार्यालय सङ्क्रान्ति बजारका प्रहरी निरीक्षक योगराज सुवेदीले जानकारी दिए ।
उनको घट्नास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
इन्टरनेट जडानका लागि विद्युतीय पोलमा चढ्दा इङनामलाई करेन्ट लागेको प्रहरीले जनाएको छ ।
मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल लगिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post